Author Topic: भारु खोज्न पहाडतिर  (Read 927 times)

0 Members and 1 Guest are viewing this topic.

Offline काली

  • wln Friend
  • *
  • Posts: 60015
  • Reputation : 238
  • Gender: Female
भारु खोज्न पहाडतिर
« on: March 09, 2010, 08:36:02 AM »
 

बाँके, फागुन २१ गते । सीमाक्षेत्रमा व्यवसाय गर्ने व्यापारीले नेपालमा भारतीय रुपियाँको सहजताका लागि आग्रह गरेका छन् । व्यवसायीले बजारमा भारतीय नोटको अभाव हुँदा नेपाली र भारतीय व्यापारी र उपभोक्ता दुबैलाई हैरानी भएको बताएका छन् ।

नेपालगञ्जको सीमावर्ती रुपैडिया बजार व्यापार मण्डलका महासचिव रजा इमाम रिजवीले नेपालमा भारतीय नोटको अभाव हुँदा ब्यवसाय गर्न गाह्रो भएको बताउनुभयो । ग्राहकलाई भारतीय नोट नै देउमात्र भन्न नसकेको उहाँले बताउनुभयो । नेपाली लिएर आउनेलाई भारतीय चाहियो भन्दा नेपालीलाई नै समस्या हुन्छ, उहाँले भन्नुभयो ।

भारतीय रुपियाँको अभाव भएपछि व्यापारी पहाडी जिल्लामै पुगेर भारतीय रुपियाँ सङ्कलनमा जुटेका छन् । नेपालगन्जमा रहेका सटही काउन्टरलाई नेपाल राष्ट्र बैङ्कले दैनिक ४० हजार मात्र भारतीय रुपियाँ दिने गरेका कारण बजारमा भारुनोटको अभाव भएको व्यवसायी बताउँछन् । दैनिक १० लाखको माग हुन्छ, राष्ट्र बैङ्कले ४० हजार रुपियाँ मात्रै दिन्छ नेपालगन्जको धम्बोझीमा सटही काउन्टर सञ्चालक लबिन घिमिरेले भन्नुभयो- बजारमा भारु नोटको त हाहाकार नै छ ।

सटही काउन्टरमा भारु नोट पाइन छाडेपछि अन्य ब्यवसाय गर्नेहरूले पनि भारु सटहीको काम थालेका छन् । नेपालगन्जमा १२ वटा सटही काउन्टर रहेका छन् । व्यापारीले मोलमोलाई गरेर भारु रुपियाँ दिने गरेका छन् । एक सय भारतीय रुपियाँ नेपाली १७० रुपियाँसम्ममा पनि सटही गर्नुपरेको पीडितहरू बताउँछन् । नेपालगन्जमा भारु नोटको अभाव भएपछि नेपालगन्जका केही व्यापारीहरू भारु रुपियाँ सङ्कलनका लागि सुर्खेत, दाङ्गलगायत अन्य पहाडी जिल्ला पुगेको भारु सटही सञ्चालकहरू बताउँछन् । पहाडी जिल्लामा पुगेका व्यापारीले एकमुष्ट भारु सङ्कलन गरेर नेपालगन्जबाट कारोबार गरिरहेको स्रोतले जनाएको छ । नेपालगन्जमा मात्र नभई सीमावर्ती भारतीय बजार रुपैडियाका व्यापारीहरूले समेत नेपालीबाट महँगो कमिसन लिने गरेका छन् । नेपालबाट भारत रोजगारी तथा औषधि उपचार र अन्य सामान किनमेलका लागि जानेहरूसँग उनीहरूले भारतीय रुपियाँ साटी दिएबापत कमिसन लिने गरेका छन् ।

-Gorkhapatra
 
 
 

Offline jone3

  • *
  • Posts: 10
  • Reputation : 0
  • We Love Nepal
Re: भारु खोज्न पहाडतिर
« Reply #1 on: January 02, 2013, 06:06:57 PM »
At the point that i was going in the street of my neighbor mullah abruptly i saw a man giving with his auto and his auto was so brilliant and valuable so i came around to being contemplate when i saw a most senior women with him

Offline jone3

  • *
  • Posts: 10
  • Reputation : 0
  • We Love Nepal
Re: भारु खोज्न पहाडतिर
« Reply #2 on: March 30, 2013, 05:23:19 PM »
You can even push your 1/5th stake fractional ownership when you no longer wish to claim the home, and pocketing any gratefulness, similarly as you might assuming that you possessed the home independent from anyone else.

Offline jone3

  • *
  • Posts: 10
  • Reputation : 0
  • We Love Nepal
Re: भारु खोज्न पहाडतिर
« Reply #3 on: March 31, 2013, 02:03:44 PM »
Numerous blockbuster pharmaceuticals  custom synthesis are falling off patent in the close destiny. Also, fresher innovations are bringing about the development of the amount of applicant pills that need to be tried.

 


Host By::Love Nepal Network SMF 2.0.2 | SMF © 2011, Simple Machines Our Privacy Policy & Terms of Use