नेपाल जापान डट् कम् सम्वाददाता
टोक्योमा आइतबार भएको 'साझा बहस' कार्यक्रमबाट सबै संघसंस्थाहरुको सहमतिमा ५ बूंदे टोक्यो घोषणापत्र जारी गर्दै मेघराज नेपालको संयोजकत्वमा २५ सदस्यीय 'साझा संयन्त्र' निर्माण गरिएको छ ।
जापानमा क्रियाशील विभिन्न संघसंस्थाहरुको उपस्थितिमा भएको साझा बहस कार्यक्रममा जापानमा नेपालीहरुले भोग्दै आउनु परेको समस्याहरु र समाधानका उपायहरु बिषयमा केन्द्रीत रहेको थियो । अन्तर्राष्ट्रिय नेपाली समाज जापानको आयोजनामा भएको उक्त बहस कार्यक्रममा ब्यवसायी र कामदारबीच असमझदारीका कारण उत्पन्न समस्या, नवागन्तुकहरुको लागि रोजगारीका समस्या, भारतीय नागरिक श्रीमान र नेपाली श्रीमतीबाट जापानमै जन्मेका बालबच्चाहरुको नागरिकता प्रमाणपत्र पाउन नसकेको कारण उत्पन्न समस्या, गोविन्द मैनालीका समस्यालगायतका अत्यन्त संबेदनशील बिषय़हरुका बारेमा बिस्तृतमा छलफल भएको थियो । छलफलमा यी र यस्ता समस्या भोगीरहेका पींडित पक्षहरुबाट शंकर अधिकारी, प्रतिक्षा गौतम, सुदिप सापकोटा लगायतले आ-आफ़्ना अत्यन्त हृदयबिदारक पींडा ब्यक्त गरेका थिए ।
साझा बहसमा सहभागी भई आ-आफ़्ना धारणा ब्यक्त गर्नेहरुमा मेघराज नेपाल, डा. कुमार बस्नेत, जापानी नागरिक आजुमा सान, भवन भट्ट, भूषण घिमिरे, चिरिञ्जिवी थापा, महेश श्रेष्ठ, सूर्य पाठक, सुनिलकुमार शाक्य, छक्कु उदासी, कपिलदेव थापा, प्रकाश पौड्याल 'माईला', रोशन केसी, राजेन्द्र पराजुली, इन्द्रमणि शर्मा गैरे, बाबुराम भण्डारी, जोन छन्त्याल, तिलक मल्ल, डा. राम गिरी, शालिकराम भण्डारी, पुष्करजंग थापा, सुरेश केसीलगायतका हुनुहुन्थ्यो ।
आयोजक संस्थाका अध्यक्ष शालिकराम भण्डारीद्वारा सहभागीहरुको स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने महासचिव अर्जुन अधिकारीले साझा बहस कार्यक्रम कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको अन्तमा समुद्रपारि डट कमका प्रधान सम्पादक तिलक मल्लद्वारा प्रस्तुत गरिएको "जापानमा नेपालीहरुका समस्या र समाधानका उपायहरु" बिषयक अवधारणापत्रलाई आधार मानी '५ बूँदे टोकियो घोषणा पत्र' जारी गर्दै साझा बहसको समापन गरियो ।
उक्त भेलाले जारी गरेको साझा घोषणा पत्र
१. जापानमा देखिएका नेपालीहरुका यावत् समस्याहरुको समाधान गर्दै यहाँ बिद्यमान बिकृति, बिसंगति लगायत आम नेपालीका सरोकारका बिषयमा आवाज उठाउन र आवश्यकताअनुसार दबाब दिन, खबरदारी गर्न, सम्बन्धित पक्षहरुलाई सचेत र सजग बनाउन सबै संघसंस्थाहरुको सहमतिमा जापानमा नागरिक समाजको भूमिका निर्बाह गर्ने गरी एउटा साझा संयन्त्र (मेकानिज्म) निर्माण गर्ने ।
२. साझा संयन्त्रको संयोजन गर्ने जिम्मा एनआरएन जापानलाई दिने ।
३. साझा संयन्त्रलाई सबै संघसंस्थाहरुको सहयोग समर्थन रहने गरी देहायका संस्थाहरुबाट अनिबार्य प्रतिनिधित्व रहने ब्यवस्था गर्ने
क. एनआरएन जापानबाट
ख. अन्तर्राष्ट्रिय नेपाली समाज जापानबाट
ग. नेपाली समाज संगठन (नाज) बाट
घ. राजनीतिक प्रकृतिका संगठनहरुको प्रतिनिधित्व गर्दै शान्ति तथा लोकतान्त्रिक नेपाली मञ्चबाट
ङ. नेपाली जनसर्म्पर्क समिति जापानबाट
च. नेकपा एमाले जापान प्रवास कमिटीबाट
छ. संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जापानबाट
ज.जनजातीय संस्थाहरुको प्रतिनिधित्व गदै जनजाती महासंघबाट
च. नेपाली बिद्यार्थी समाज जापान (नेसाज) बाट
ज. यहाँका नेपाली मिडिया हाउसहरुको तर्फबाट १/१ जना
झ. समाजसेवी, बुद्धिजीवी, ब्यापारी, महिला तथा सर्बसाधारणबाट १, १ जना
ञ. पींडितहरुबाट आवश्यकताअनुसार
४. यसरी निर्माण गरिएको साझा संयन्त्रको कार्यसूची देहायअनुसारको हुने छ -
क. सबैभन्दा पहिले जापानका नेपालीहरुले भोग्नुपरेका समस्याहरुको पहिचान र बर्गिकरण गर्ने ।
ख. समस्याको पहिचान भईसकेपछि समाधानका उपायहरुको खोजी गर्ने ।
ग. नेपाली समाजमा बिद्यमान बिकृति, बिसंगतिलाई निरुत्साहित गर्ने
घ. जापानका नेपालीका लागि अति आवश्यक र सूचनामूलक सामाग्री पस्कन यहाँका मिडियाहरुलाई थप जिम्मेवार बनाउने
ङ. राजदूतावाससंग सम्बन्धित सवालहरुमा सामूहिक छलफल गरी समाधानको बाटो पहिल्याउने
च. माथिका सबै कार्ययोजना सम्पन्न गर्नका लागि एउटा नेपाली कोष खडा गर्ने ।
छ. संयन्त्रमा प्रतिनिधित्व गरेका सबै सघसंस्थाहरुले उक्त कोषमा हरेक महिना न्यूनतम शुल्क संकलन गर्दै जाने ।
ज. यहाँका नेपालीहरुलाई कुनै न कुनै संघसंस्थाप्रति आबद्ध हुन अपिल गर्ने
झ. नेपालीहरुका लागि अत्यावश्यक सूचना तथा जानकारीका लागि तत्सम्बन्धि सामाग्रीहरुको संगालोकारुपमा हरेक महिना एउटा मासिक नेपाली बुलेटिन प्रकाशन गर्ने
ञ. बिस्तृतमा संयन्त्र सञ्चालनबिधि सम्बन्धि निर्देशिका तयार गर्ने ।
५. साझा संयन्त्रको संयोजन गर्ने जिम्मा एनआरएन जापानलाई दिइएअनुसार मेघराज नेपालको नाम सिफारिश भईआएको हुँदा श्री नेपालको संयोजकत्वमा आवश्यकताअनुसार केही सदस्यहरु संयोजकले थप्न सक्ने अधिकार प्रत्यायोजन गर्दै देहायक संस्थाहरुबाट देहायका ब्यक्तिहरु प्रतिनिधी रहेको साझा संयन्त्र निर्माण गरियो ।
१. संयोजक मेघराज नेपाल, एनआरएन जापान
सदस्यहरु
२. महेशकुमार श्रेष्ठ, नेपाली जनसम्पर्क समिति
३. सूर्य पाठक, नेकपा एमाले जापान प्रवास कमिटी
४. शालिकराम भण्डारी, अन्तर्राष्ट्रिय नेपाली समाज जापान
५. जोन छन्त्याल, अन्तर्राष्ट्रिय नेपाली समाज जापान
६. भूषण घिमिरे, शान्ति तथा लोकतान्त्रिक नेपालीमञ्च
७ चिरिञ्जिवी थापा, नेपाली ब्यवसायी संघ जापान
८. भवन भट्ट, एनआरएन जापान
९. तिलक मल्ल, (सञ्चारकर्मी) समुद्रपारि डट कम
१०. डा. कुमार बस्नेत, (सञ्चारकर्मी) नेपाल जापान डट कम
११. राजेन्द्र पराजुली, नेपाली बिद्यार्थी संगठन जापान
१२. ओम गुरुङ, नेपाली आदिबासी जनजाती महासंघ
१३. दिनेश गुरुङ, नेपाली आदिबासी जनजाती महासंघ
१४. सुनिलकुमार शाक्य, नेपाली आदिबासी जनजाती महासंघ
१५. ध्रुब भट्टचन नेपाली, आदिबासी जनजाती महासंघ
१६. डा. पूजन बस्नेत, दिदीबहिनी समाज जापान
१७. बाबुराम भण्डारी, समाजसेवी
१८. रोशन केसी, बुद्धिजीवी
१९. डा. राम गिरी, बुद्धिजीवी
२०. दिवाकर ज्ञवाली, नागरिक समाज
२१. छक्कू उदासी, महिला
२२. सुदिप सापकोटा, पींडित
२३. प्रतिक्षा गौतम, पींडित
२४. भूपालमान श्रेष्ठ, संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा
२५. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (नाम आउन बाँकी)
Post Merge: February 05, 2009, 08:27:12 AM
भारतीय नागरिक श्रीमान र नेपाली श्रीमतीबाट जापानमै जन्मेका बालबच्चाहरु के नेपाली नागरिकता दिन मिल्छ त?
मिल्छ भने ति झापामा भएका भुटानीहरुलाई किन नेपाली नागरिकता नदिने? दर्जिलिङ मा भएका नेपाली मुलका भारतीयहरुलाई किन नेपाली नागरिकता नदिने? सिक्किममा भएका नेपाली मुलकाहरुलाई किन नेपाली नागरिकता नदिने?
यदी नेपालको कानुनले उनिहरुलाई नेपाली नागरिकता दिन मिल्दैन भने यि माथिका NRN लगायत नेपाली संघ संस्था र राजनैतीक पार्टीका जस्ले यो समस्याको समर्थन गरेर नेपाल राजदुताबासमा डेलिगेसन जान्छ उनिहरुलाई के भन्ने? के उनिहरुलाई नेपालको संबिधानको बारेमा अलिकता पनि ज्ञान छैनन त? कि उनिहरु बिकेका हुन त? बिकेका हुन भने उनिहरुलाई पवित्र संघ संस्था र Democracy को backbone मानिने राजनैतीक दलहरुको भात्री संस्थामा बस्न लाज लाग्दैन?
स्मरण रहोस अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष श्री शालिकराम भण्डारी पनि भारतीय हुन जो NRN Japan कोषाध्यक्ष हुनु हुन्छ।
आफ्नै बिधान बिपरित काम गर्ने NRN लाई हेर्दा लाज नै लागेर आउछ।