

तमू धीं जापानले नेपालको कोशी बाँध भत्केर घरवार विहीन भएका तथा वाढी पहिरोको समस्यामा परेका नेपालीहरुको लागि आर्थिक सहयोग गरेको छ ।
यस वर्षको मनसुनी वर्षाका कारण कोशी नदीमा आएको बाढीले कोशी बाँध भत्केर ठूलो धनजनको क्षति पुर्यायो । जसले गर्दा करिव ५० हजारभन्दा बढी नेपाली घरवार विहिन भएका छन् भने तीन हजार भन्दा बढि व्यक्तिहरु अझै सम्पर्क विहिन छन् । बाँध भत्कनाले करोडौंको खेती वाली नष्ट भएको छ भने अरबौंको भौतिक संरचना समेत ध्वस्त भएकोछ ।
जुन जाति, बर्ग, धर्म, मधेश, पहाड र हिमालमा जुन क्षेत्रका भएपनि प्रथमत: हामी नेपाली हौ र भैपरी आउँदा एक आपसलाई सहयोग गर्नु नै मानव धर्म हो भन्ने कुरालाई आत्मसात गरी कोशीको उत्पातले बिस्थापित बाढी पीडितकालागी एनपीओ तमू धीं जापानले संकलित रकम एक लाख यन प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष दिनेश गुरुङले आफ्नो संस्थाको सदस्यहरु बाट संकलित रकम जापानी यान एक लाख तत्काल प्रधानमन्त्री दैवीकोषमा जम्मा हुने गरी जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तमाङ लाई हस्तान्तरण गर्नु भएको छ। साथै भविश्यमा पनि निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता का साथ अध्यक्ष दिनेश गुरुङ र महासचिब ओम गुरुङले संयुक्त रुपमा तमू धीं जापानका सबै सहयोगी सदस्यहरुलाई हार्दिक धन्यवाद प्रकट गरी भबिष्यमा पनि सहयोगको अपिल गर्नुभएको छ।