Home  l  Photo  l  Yellow Page  l  Blog  l  Visit Nepal  l  About Us  l  Contact Us   जननी जन्मभूमिष्च स्वर्गादपि गरियसि
September 08, 2008, 04:16:26 AM *
Welcome, Guest. Please login or register.

Login with username, password and session length
News:
 
   Home   Help Login Register  
Pages: [1]   Go Down
  Print  
Author Topic: दूतावासको अन्तर्क्रिया कार्यक्रम  (Read 267 times)
0 Members and 1 Guest are viewing this topic.
शेर्पा
*

Reputation : -5
Offline Offline

Gender: Male
Posts: 14797



« on: June 20, 2008, 07:57:06 AM »

जापानमा दूतावासको अन्तर्क्रिया कार्यक्रम



नेपाली राजदूतावास,टोक्यो र संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र नेपाल पर्यटन बोर्डको संयुक्त तत्वावधानमा गत आषाढ १ र ३ गते तदनुसार जून १४ र १७ का दिन टोक्योमा 'एउटा साथी घर पठाऔं' तथा नेपालको पर्यटन विकास सम्बन्धी अन्तक्रिया कार्यक्रमको आयोजना भएको छ ।

'एउटा साथी घर पठाऔं' (Send Home A friend ) कार्यक्रममा जापानमा रहेका  दुई सय जना नेपालीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन गर्नुहुदै जापानका लागि नेपाली राजदूत डा. गणेश योन्जन तामाङ्गले विदेशमा बसेका नेपालीहरुले नेपालको सम्पदा, संस्कृति, प्रकृति र सौन्दर्य देखाउन एउटा आफ्नो घनिष्ठ विदेशी साथीलाई नेपाल घुम्न पठाऔं भन्ने यो एउटा उद्देश्यमूलक कार्यक्रम हो भन्नु भयो ।

 जापानी सर्वसाधारण नागरिकहरुमा नेपालप्रति ठूलो सद्भावना, माया र स्नेह पाइन्छ भन्नुहुदै महामहिम डा. तामाङ्गले नेपालका बारेमा थाहा नपाएका जापानीहरुलाई नेपालका बारेमा बताइदिनु, नेपालका बारेमा केही थाहा पाएका र बढी कुरा जान्न इच्छुक जापानीहरुलाई नेपालका बारेमा बढी भन्दा बढी कुराहरु सुनाइदिनु र नेपालका राम्रा कुराहरुको प्रचार प्रसार गर्नु यहां रहेबसेका नेपालीहरुको कर्तव्य हो भन्नु भयो । राजदूतावासका उप-नियोग प्रमुख दुर्गा बहादुर सुवेदी क्षेत्रीद्वारा स्वागत गरिएको उक्त समारोहमा गैर आवासीय नेपाली संगठन, अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष देवमान हिराचन, गैर आवासीय नेपाली संगठन, जापान राष्ट्रिय समितिका अध्यक्ष भवन भट्ट, गैर आवासीय नेपाली संगठन, अन्तर्राष्ट्रिय समितिका 'एउटा साथी घर पठाऔ' कार्यक्रमका संयोजक तेण्डी शेर्पा, संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चाका प्रतिनिधि वीपी. रेग्मी, नेपाली जनसम्पर्क समिति, जापानका अध्यक्ष महेश कुमार श्रेष्ठ तथा ने.क.पा. -एमाले) प्रवास कमिटीका सचिव सूर्य पाठकले पनि 'एउटा साथी घर पठाऔं' कार्यक्रमलाई आ-आफ्ना संस्थाहरुका माध्यमद्वारा सहयोग गर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रमको अन्तमा नेपाल पर्यटन वोर्डका वरिष्ठ अधिकृत श्री दीपक राज जोशीद्वारा 'एउटा साथी घर पठाऔं' सम्बन्धी एक संक्षिप्त प्रस्तुति आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा रात्रिभोजको आयोजना गरिएको थियो ।

 त्यसैगरी आषाढ ३ गते टोक्योमा आयोजित नेपालको पर्यटन विकास सम्बन्धी कार्यक्रमको उद्घाटन गर्नुहुदै राजदूत डा.तामाङ्गले नेपाल प्रकृति, कला र संस्कृतिका क्षेत्रमा एक धनी राष्ट्र हो र विश्वको सर्बोच्च शिखर सगरमाथा, भगवान् वुद्धको जन्मस्थल लुम्विनी लगायत विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरले नेपाललाई एक प्रमुख पर्यटन स्थलका रुपमा स्थापित गरेको छ भन्नु भयो । सन् १८९९ मा जापानका प्रसिद्ध विद्वान तथा भिक्षु इकाइ कावागुचीको भ्रमणवाट शुभारम्भ भएको नेपाल र जापानवीचको सांस्कृतिक र धार्मिक सम्बन्ध अत्यन्त सुमधुर र घनिष्ठ रहेको छ भन्नुहुंदै महामहिम डा.तामाङ्गले लुम्विनीको विकासमा जापानी जनता र सरकारको सहयोगमा अझ अभिबृद्धि गरेर लुम्विनीलाई विश्वशान्ति, अहिंसा, सहिष्णुता र सह-अस्तित्वको स्तम्भका रुपमा प्रतिष्थापित गर्नु आजको आवश्यकता हो भन्नु भयो ।

 राजदूतावासका उप-नियोग प्रमुख क्षेत्रीद्वारा स्वागत गरिएको उक्त कार्यक्रममा विशेष अतिथिका आसनवाट बोल्नुहुंदै जापानी संसदका माननीय सदस्य हिरोताका इसिहाराले नेपाल प्रकृति र संस्कृतिको एउटा सुन्दर संगम हो र जापानी जनताको नेपाली जनताप्रति अगाध स्नेह र आत्मीयता रहेको छ भन्नु भयो । समारोहमा अतिथिको आसानबाट मन्तव्य प्रकट गर्नुहुंदै जापान-नेपाल सोसाइटीका अध्यक्ष महामहिम चुइची इतोले शान्ति र लोकतन्त्र पुनस्र्थापित भइसकेको परिप्रेक्ष्यमा नेपाल जाने जापानी पर्यटकहरुको संख्यामा अत्यधिक वृद्धि हुनेछ र नयाँ नेपालमा जापानी जनता र सरकारको सहयोग निरन्तर रहनेछ भन्ने विचार व्यक्त गर्नु भयो । नेपालको पर्यटन विकास र नेपाल र जापानवीचको जनस्तरमा सम्बन्ध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गर्नु भएवापत अरुणकुमार श्रेष्ठ, किरण विक्रम थापा, पाण्डव राज कार्की, ङवा सोनाम शेर्पा र जिज्ञान कुमार थापालाई राजदूतावासद्वारा सम्मान गरिएको उक्त कार्यक्रममा नेपालको कला र लोकसंस्कृति झल्किने एक आकर्षक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन वोर्डका निर्देशक श्रीमती नन्दिनी थापाले Nepal Road Show to Japan नामक सचित्र प्रस्तुति गर्नुहुंदै नेपालको पर्यटकीय सम्पदा ,सुविधा र सम्भावना वारे विस्तृत चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा उठेका पर्यटन सम्बन्धी सवाल र जिज्ञासाहरुका सम्बन्धमा महामहिम डा.तामाङ्ग र श्रीमती थापाले प्रकाश पार्नु भएको थियो । पर्यटन, ट्राभल्स व्यवसाय, मिडिया समाचार पत्रकारितासंग सम्बद्ध एक सय वीस अतिथि उपस्थित उक्त कार्यक्रमको अन्त्यमा एक रात्रिभोजको आयोजना गरिएको थियो ।

 त्यसैगरी जापानको अर्को प्रसिद्ध सहर ओसाकामा आयोजित नेपालको पर्यटन विकास सम्बन्धी कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्नुहुदै महामहिम राजदूत डा.तामाङ्गले साँस्कृतिक र धार्मिक सम्बन्धद्वारा अनुप्राणित नेपाल र जापानवीचको घनिष्ट सम्बन्धलाई जनस्तरमा पनि सुदृढ गर्नु आवश्यक रहेको वताउनु भयो । नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वका सम्पदा र साधनहरुले सम्पन्न विश्वको एक आकर्षक गन्तव्यस्थल हो भन्नुहुंदै राजदूत डा.तामाङ्गले पर्वतारोहण, पदयात्रा, राफ्टिङ,जङ्गल सफारी र हिमाल, पहाड, उपत्यका, नदी, ताल र पोखरीहरु लगायत नेपालको निर्दोष र हंसिलो ग्रामीण जीवनका अवलोकनकालागि वर्षेनी जापान लगायत मित्रराष्ट्रहरुवाट लाखौ पर्यटकहरु नेपाल आउने गरेको र सोमा संख्यात्मक र गुणात्मक रुपमा बृद्धि गर्नु आजको आवश्यकता रहेको वताउनु भयो ।

 कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्नु हुदै ओसाकाका लागि अवैतनिक नेपाली वाणिज्यदूत कुविओ इमानिसीले नेपाल र नेपालीप्रति जापानी जनताको अनपम स्नेह र आत्मीयता रहेको र यसलाई अझ सुदृढ र सहयोगी बनाउनु आवश्यक रहेको विचार व्यक्त गर्नु भयो । नेपाल पर्यटन वोर्डका निर्देशक श्रीमती नन्दिनी थापाद्वारा कार्यक्रममा नेपालको पर्यटकीय स्थल र सम्पदा एवं नेपाललाई एक स्थायी, आकर्षक र पि्रय गन्तव्यका रुपमा चित्रित गरिएको एक महत्वपूर्ण प्रस्तुतिको आयोजना गरिएको थियो । कार्यक्रममा नेपालको पर्यटन  उद्योगलाई बढाउन र नेपाल र जापानवीच रहेको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण योगदान गरेवापत ओसाकावासी नेपालीद्वय दिनेश श्रेष्ठ र तुलसीराम खरेललाई राजदूतावासका तर्फवाट सम्मान गरिएको थियो । पर्यटन,पत्रकारिता र ट्राभल्स व्यवसायसँग सम्वन्धित एकसय जना अतिथि उपस्थित उक्त कार्यक्रमको अन्त्यमा एक रात्रिभोजको आयोजना गरिएको थियो ।

कार्यक्रमको फोटोहरु हेर्न यहाँ क्लीक गर्नुहोस
*******
Guest
« Reply #1 on: June 20, 2008, 12:19:48 PM »

'एउटा साथी घर पठाऔं'
aNgEl
LiFe 'N' I
Globel Moderator
*

Reputation : 30
Offline Offline

Gender: Female
Posts: 22397


u smile at the world & world will smile at you.


« Reply #2 on: June 24, 2008, 04:02:09 PM »

'एउटा साथी घर पठाऔं'
Pages: [1]   Go Up
  Print  
 
 

Host By::Love Nepal Network Powered by SMF 2.0 Beta 3 Public | SMF © 2006–2008, Simple Machines LLC Our Privacy Policy & Terms of Use