असारदेखि वाग्मती सफाइ
कास
काठमाडौं, जेठ ३० - वाग्मती सभ्यता एकीकृत विकास समितिले असार १ गतेदेखि वाग्मती सरसफाइ महाअभियान सुरु गर्ने भएको छ ।
पशुपतिको आर्यघाटबाट अभियानको सुरु गर्ने समितिले बिहीबार जानकारी दियो । गोकणेश्वर महादेवस्थानदेखि चोभारसम्म अभियान सञ्चालन हुने भएको छ । वषर्ायाम पारेर सरसफाइ अभियान सुरु गर्न लागिएको हो । यसमा सहयोग र सहभागी हुन समितिले उपत्यकावासीलाई आह्वान गरेको छ ।
समितिका परामर्शदाता इन्जिनियर विनोदशंकर पालिखेले नदी किनार र बहाव क्षेत्रमा जम्मा भएको फोहोरमैला वषर्ाको भेलस?गै बगाउने योजना बनाएको जानकारी दिए । वाग्मतीमा बाढी आएका बेला गोकणेश्वर महादेवस्थानदेखि चोभारसम्मको २० किलोमिटरको दुवै किनारमा जम्मा भएको फोहोर एक्जाभेटरको प्रयोगले बाढीमा बगाउने तयारी भइरहेको छ । उनका अनुसार यसका लागि २० किलोमिटर पूरै सफा गर्नुपर्दैन । यसमध्ये करिब १६ सय मिटर क्षेत्र बढी प्रदूषित र फोहोर छ । उनका अनुसार यो अल्पकालीन प्रयास हो ।
source: kantipur samachar...