शेर्पा संघ जापानको अध्यक्षमा ङावाङ सेरे शेर्पा
जापानबासी शेर्पाहरुको साझा संस्था शेर्पा संघ जापानको दोस्रो महाधिबेशन बुद्ध जयन्तीको अवसर पारेर मे १९ तरिकको दिन टोकियोको सासाजुकामा भब्यताको साथ सम्पन्न भएको छ।
निबर्तमान अध्यक्ष श्री दोर्जे शेर्पाले आफ्नो अध्यक्षतामा रहेको कार्यसमितीको बिगठन भएको घोषणा गर्नुभए पछी अधिबेशनमा सहभागी शेर्पा संघ जापानका सदस्यहरुले आगामी कार्यसमिती २००८-२०११ को लागी अध्यक्षमा श्री ङवाङ सेरे शेर्पा, उपाध्यक्षमा श्री ङिमा शेर्पा, महासचिबमा श्री सोनाम शेर्पा, सचिबमा श्री मिङमर शेर्पा, कोषाध्यक्षमा श्री पासाङ शेर्पा लाई चयन गरेको छ। त्यस्तै सदस्यहरुमा श्री दावा शेर्पा, श्री छेवाङ शेर्पा (लामा), श्रीमती राज कुमारी लामा (शेर्पा), श्रीमती याङला शेर्पा, श्री छोङबा शेर्पा र श्री गेलछिरी शेर्पालाई निर्वाचीत गरेको छ।
त्यस्तै श्री ङवाङ सेरे शेर्पाको अध्यक्षमा गठन भएको ११ सदस्यीय नबकार्यसमितीले आफ्नो कार्यकाललाई सहज र सफल तुल्याउन श्री पासङ शेर्पा, श्री नुरु शेर्पा, निबर्तमान अध्यक्ष श्री दोर्जे शेर्पा र निबर्तमान महासचिब श्री ल्हाक्पा ग्यालजेन शेर्पालाई सल्लाहाकारमा मनोनयन गरेको छ।