Home  l  Photo  l  Yellow Page  l  Blog  l  Visit Nepal  l  About Us  l  Contact Us   जननी जन्मभूमिष्च स्वर्गादपि गरियसि
September 08, 2008, 04:25:28 AM *
Welcome, Guest. Please login or register.

Login with username, password and session length
News:
 
   Home   Help Login Register  
Pages: [1]   Go Down
  Print  
Author Topic: हामी अपराधी होइनौं  (Read 520 times)
0 Members and 1 Guest are viewing this topic.
शेर्पा
*

Reputation : -5
Offline Offline

Gender: Male
Posts: 14797



« on: May 01, 2008, 10:18:23 AM »

हामी अपराधी होइनौं, हामीलाई हाम्रो अधिकार दिइयोस् 

नरेन्‍द्र गुरूङ


आज भोली पत्रपत्रिकामा विदेशी कामदारहरुको बढ्दो आलोचना भैरहेको छ । हामी विदेशी कामदारहरु पहिला भन्दा अहिले अप्ठेरो अवस्थामा जिवन जिउन परेको छ । किनभने संचार माध्यमले हामीलाई एक समस्या ग्रस्त समाज बनाएको छ । जो आवश्यक कागज पत्र विना काम गरिरहेको छ त्यस अवस्थामा गैरकानुनी आप्रवासीका रुपमा हामीलाई बारम्बार आक्रमण गरिएको छ ।

सरकार र संचार माध्यमले हामीलाई वास्तवमै गैरकानुनी भनिरहेको छ । जब सामान्य नागरिकले गैरकानुनी शब्द सुन्दछ र तुरुन्तै हामीलाई डरलाग्दो भयानक दुष्टको रुपमा सोच्दछ ।

रक्सी पिएर गाडी चलाउनु गैरकानुनी हो, किनभने रक्सी पिएर गाडी चलाउंदा निर्दोष व्यक्तिको ज्यान जान सक्छ । सामान चोर्नु, हतियार देखाएर डरत्रास देखाउनु त्यो भन्दा पनि खराव हत्या गर्नु गैरकानुनी हो ।

छोटकरीका भन्दा गैरकानुनी मान्छेको रुपमा हामीलाई समावेश गरिदा हामीलाई समाजमा गैरकानुनी मानिस भएको अपराधिक कार्य गरेको रुपमा चिनिन्छ । वास्तवमा जो गैरकानुनी रुपमा वसोवास गर्नेले कसैलाई पनि नराम्रो गरेको हुदैन हामीले कसै माथि डरत्रास धम्कीको वातावरण स्रिजना गरेका छैनौं । हामी मात्र एक सामान्य कोरियन नागरिक जस्तै हौं । हाम्रो छालाको रंग र राष्टियता फरक भएको कारणले हामीलाई हेलाको दृष्टि कोणले हेर्ने गरिन्छ ।

सामान्य रुपमा बसोवास गर्दै गरेको अवस्थमा हामी रातारात गैरकानुनी हुन सामान्य भैसकेको छ । अनुमान गरौ कि कतिपय आप्रवासी कामदारहरु कोरियन भाषा र संस्कृतिको ज्ञानको अभावबाट कार्य स्थान परिवर्तन गरी गैरकानुनी भएका छन् ।

भेदभाव पूर्ण अध्यागमन कानुनः
दक्षिण कोरियाको अध्यागमन कानुन पनि भेदभाव पूर्ण छ किनकि यहां कामदारहरु लामो समयसम्म बस्न निषेध गरिएको छ । यस कानुनबाट गरीब देशबाट आएका कामदार र शरणार्थीहरुले धेरै समस्याहरु झेल्नु पर्ने हुन्छ । तर धनी र सम्पन्न मुलुकबाट आएका विदेशीको लागि ठुला र प्रसस्त अवसर दिइएको छ । केही समय अगाडी सरकारले लामो समय बस्नका लागि अध्यागमन नियम पारित गरेको थियो । यो अधिकार प्राप्त गर्न पाँच वर्ष भन्दा वढीमा कोरियामा बसेको हुनु पर्ने कोरियन भाषा निश्चित तहसम्म जानेको हुनु पर्ने र उपयुक्त क्षमता भएको कागज पत्र बुझाउनु पर्नेछ । साथै तीस मिलियन कोरियन वन बैंकमा बचत गरेको हुनु पर्नेछ । कि हामी मध्ये कुनै नौ प्रतिशतले कोरियन सरकारको यो आवश्यकता पुरा गर्न सक्छौ अझै जो कोरियनलाई विहे गरेका छन् र यहांका परिवारसंग बस्न चाहिरहेका छन् तिनीहरुलाई समेत शंकाको दृष्टिकोणले हेर्ने गरिन्छ । कोरियन सरकारले यसरी लिन्छ कि हाम्रो देशको गरिवीका सम्पूर्ण जिम्मेवारी लिनु पर्ने हो । तर कोरियन सरकार र यहांका कारखानाका मालिकले निम्न स्तरको तलब दिएर तथा कठित फोहोरी गाह्रो र डरलाग्दो काम गर्नको लागि हामीलाई यहा बोलाइएको हो ।

वास्तवमा हामीले कोरियाको अर्थतन्त्र विकासमा टेवा पुर्याएका छौं । यो कुरा कोरियन सरकारलाई राम्रोसंग थाहा छ कि हामीले कोरियाका सामान्य नागरिकले गर्न नचाहेको र छाडेको काम गरेका छौं । तर कोरियन व्यापारीहरुले हाम्रा देशहरुमा उद्योग खोलिरहेका छन् । सफलतापूर्वक व्यापार गरिरहेका छन् र निकै राम्रो फाइदा लिईरहेका छन् । यहि कोरियन व्यापारीहरुले हाम्रो देशमा व्यापार गर्न उद्योग धन्दा खोलेर राम्रो मुनाफा कमाइरहेका छन् भने किन हामीलाई सिमाना रोकिएको छ?, धरपकड किन भईरहेको छ?, अपराधी जस्तै किन हामीलाई लखेटिएको छ ?


हाम्रो वास्तवीकता:
गएको मार्च महिनामा मारु खेरिको धासालाई पत्रपत्रिकाहरुमा हेर्दा फिलिपिनबाट आएको मानिसले गरेको हत्याले हामीलाई अत्यन्तै दुःख लागेको छ । यद्यपी यस हत्याको घटन जुन हालसालै भयो जहां एक ३० बर्षको अविवाहित मानिसले एक निर्दोष बच्चालाई अपहरण गर्यो र हत्या गर्यो । यसलाई एक घोर अपराधका रुपमा आलोचना गरिएन ।

त्यसैले विदेसी कामदारहरु जुन विना कागज काम गरिरहेका छन् । तीनलाई अन्यायपूर्ण रुपमा डरलाग्दो अपराधीको रुपमा किन हेरिन्छ ?

अझै दिक्क लाग्दो तथ्य के छ भने, हाम्रा जीवनका वास्तविकतालाई लुकाएर हामीलाई नराम्रो रुपमा प्रस्तुत गरिन्छ । हामीलाई यस छ बर्षको अवधीमा धरपकडको नराम्रो शिकार बनाईको छ । हामीले प्रत्येक दिन हाम्रा परिवारका सदस्य नातेदार वा साथीहरु धरपकडबाट समातिएको समाचार सुन्दछौं ।

त्यो भन्दा पनि धेरै असंख्य हाम्रा साथीहरु छ बर्षको अवधिमा आपुनो जीवन गुमाएका छन् । धेरैजसो विदेशी कामदारका छोराछोरीहरु आफ्ना बुवा आमा विना जीवन जीउन बाध्य भएका छन् । अथवा कतिपय आफ्ना अभिभावक गुमाउनुपर्ने भयले बाँचीरहेका छन् । यसैगरी करिव एक लाख तेइस हजार कामदारहरु विगत ५ बर्षमा समातिएका छन् ।


एकजुट भै काम गरौं ।
धेरैजसो सामान्य कोरियन नागरिकहरु प्रहरीबाट हामीहरु जनावर जस्तै लखेटिएको तथ्य मन पराउँदैनन् यी कोरियन साथीहरु मानव अधिकार सुधार भएको देख्न चाहन्छन् । यो माननीय छ कि धेरै कोरियन साथीहरुले हाम्रा आवाज सुनिरहेका छन् र हाम्रा समस्यामा ध्यान दिईरहेका छन् किनभने यी साथीहरुले धेरै मेहनतका साथ हाम्रो दयनीय अवस्था सुधार गर्ने प्रयास गरिरहेका छन् । यहि प्रयास र संघर्षका कारण इण्डस्ट्रीयल ट्रेनिङ सिस्टम अर्को शव्दमा भन्दा दासत्व प्रथाबाट उन्मुक्ति दिनका लागि प्रयास गरेका छन् । हामीलाई कानुनी अधिकार थेजिकम नदिएको तलव र दुर्घटना ईन्सुरेनस दिलाउन लागि परिरहेका छन् ।

यद्यपी सरसर्ती हेर्दा हाम्रो अवस्था अंध्यारो र असहाय लाग्न सक्छ । गहिरिएर हेर्दा हामीले हाम्रा अधिकार प्राप्त गर्नका लागि हाम्रो क्षेत्रलाई विस्तारे व्यापक गरिरहेका छौं ।

हामीले हाम्रा आवाजहरु अहिले नै उठाउनुपर्ने छ । अधिकारका लागि आवाज बढाएनौं भने हाम्रो असमानता र भेदभावपूर्ण बाँचिरहेको जिन्दगी कसैले पनि बुझ्ने छैनन् । जब अधिकार प्राप्तिका लागि अगाडी बढ्दै जान्छौं हामीमा सद्भाव र सहयोगको भावना भएका साथीहरु थप्दै जानेछन् । यसरी नै माईग्रेन्‍ट ट्रेड युनियनको सन् २००५ मा हाम्रा अधिकार दिलाउनका लागि स्थापना गरिएको हो ।

माइग्रेन्‍ट युनियनको आवाजलाई संगसंगै बुलन्द गरौं र हाम्रा मागहरु नियम संगत छन् भनेर देखाऔं । संगसंगै काम गरौं र आफ्नो अधिकार प्राप्ति गरी विजय बनाऔं ।

एकजुट भई हाम्रा आवाजहरु

बिदेशी कामदारलाई अपाराधीको व्यवहार नगर ।

धरपकड तुरुन्तै बन्द गर ।

हामीलाई बैधानिक गर ।

प्रत्येक विदेशी कामदारको मानव अधिकार सुरक्षित गर ।

स्रोतः नेपाल कोरिया निउज डट कम
haku Black
alchi ko pinda
*

Reputation : 8
Offline Offline

Gender: Male
Posts: 19445


yo Hamro nePal Yo meRo NepaL


WWW
« Reply #1 on: May 01, 2008, 11:13:47 AM »

Post of the Day for May 01, 2008


for others day post of the day visit
http://www.forum.welovenepal.com/index.php/topic,4838
Kharane
Guest
« Reply #2 on: May 01, 2008, 01:32:56 PM »

Sarai ramro lekh raehcha
ho wastab ma Illigal bhayera basnu bhaneko jaganya aaparadh ta haina ni
abdulla
*

Reputation : 6
Offline Offline

Gender: Male
Posts: 1585



« Reply #3 on: May 01, 2008, 06:48:56 PM »

maile kura nabujeko ho ki kina ho....malai lag6a illigal bhayara basnu euta aparadh chai ho. tystai gari usko byaktigat surakchha ko pani kura aauchha. kanuni rupma tyo desh ko mato suhaudo kanunko palana garnu kartabya hun6a. Sake saman jati sakdo chado kanuni rupma basobas ra kam garnu parne hun6a. natra Tyo rastra ko nagarik ko surakhchha ra swatantra ko lagi illigal residency harulai rajyale departure garnu parne awastah pani aau6a. ahahahaha:
kali
*

Reputation : 25
Offline Offline

Gender: Female
Posts: 30788



« Reply #4 on: May 01, 2008, 09:58:42 PM »

हामी अपराधी ta pakkai pani होइनौं... aawaz uthaaunu ramro ho, tara...arkako deshma pasina bagayera yasari adhikaar khojna bhanda aafnai ghar aagaN deshmaa mehenat garna kahile sikney hola hami nepali haru le !!!
Kharane
Guest
« Reply #5 on: May 14, 2008, 09:46:47 AM »

yo aawaj uthaunu parni ramro nai ho
ReSi
*

Reputation : 23
Offline Offline

Posts: 35400



WWW
« Reply #6 on: May 14, 2008, 01:14:05 PM »

hami aparadhi pakkai hoinau jaha base ni awaj uthauna ramro nai kura ho ni kina jhuker basne yaso vanda kaso hola?
Pages: [1]   Go Up
  Print  
 
 

Host By::Love Nepal Network Powered by SMF 2.0 Beta 3 Public | SMF © 2006–2008, Simple Machines LLC Our Privacy Policy & Terms of Use