Home  l  Photo  l  Yellow Page  l  Blog  l  Visit Nepal  l  About Us  l  Contact Us   जननी जन्मभूमिष्च स्वर्गादपि गरियसि
September 08, 2008, 04:21:55 AM *
Welcome, Guest. Please login or register.

Login with username, password and session length
News:
 
   Home   Help Login Register  
Pages: [1]   Go Down
  Print  
Author Topic: प्रवासको भूमिबाट जोडीएको मित्रताको नाता  (Read 717 times)
0 Members and 1 Guest are viewing this topic.
Kharane
*

Reputation : 21
Offline Offline

Posts: 18386



« on: April 22, 2008, 10:04:07 AM »

प्रवासको भूमिबाट जोडीएको मित्रताको नाता
 
खेमनाथ पौडेल, यू.ए.इ
पहिलो पटक बिदेशिनु पर्दा मनमा अनगिन्ती कुराहरुले डेरा जमाएको थियो । त्यो दिन अझै सम्झना छ जुन दिनमा म पहिलो पटक साउदी अरबको खाडीमा पाहिला टेकेको थिए । प्रवासको ठाउँ अझै अरबीहरुको बिचमा घुलमेल हुन सक्दिन कि भन्ने डर थियो । जव म कम्पनीमा पुगे त्यहाँ त म जस्ता धेरै नेपाली दाजुभाइहरु हुनुहुदो रहेछ । बिस्तारै म उहाँहरुको बीचमा परिचित हुन पुगे । म साउदी अरब पुग्दाको पहिलो दिनमा तुल बहादुर फलामी दाजुसँग परिचय भयो लामो समय देखि उहाँ कम्पनीमा कार्यरत हुनुहुदो रहेछ र नेपालमा घर पर्वतमा रहेछ । प्रवासमा पहिलो सत्कार उहाँबाट पाए । उहाँको पहिलो दिनको सत्कारलाई मैले कहिल्यै पनि भुल्न सक्दिन । केहि दिन पछि म साउदी अरबको जुवेलमा गए त्यहाँ पनि दाङ्गका केवल पुनसँग मित्रता गासे उहाँबाट पनि मैले धेरै कुराहरु सिके उहाँ अहिले नेपालमा हुनुहुन्छ प्रवासमा रहदाको मित्रताको नाता सधै अमर हुदो रहेछ उहाँका मार्गदर्शन उहाका विदेशमा बस्दा खेरीका अनुभवहरु मेरो मन मष्तिष्कमा सधै ताजा रहने छ । करिब २ महिना पछि म साउदी अरबको उधेलिया भन्ने अनकन्टार तथा बिकट मरुभूमिको बीचमा पुगे । त्यहाँ पनि नेपाली साथीहरु धेरैनै हुनुहुदो रहेछ । करिब ४० महिना मैले त्यहि उधेलियालाई आफ्नो घर ठानेर बसे । पहिला अति उराठ लाग्ने ठाउँ पछि साउदी अरबको सबैभन्दा मन पर्ने ठाउ बन्न पुग्यो । त्यो ठाउँलाई छोड्न मन लागेन, कारण त्यहाँका साथीहरु र उहाँहरुको संगतले । साच्चैनै नेपालमा पूर्व-पश्चिमका साथीहरु बीच भेट हुन जति गाह्रो हुन्थ्यो बिदेशमा त अति सजिलो हुनेरहेछ । अझै मन मिल्ने साथीहरु भएमा त झनै सजिलो दिनहरु बिताउन । ४० महिनाको बर्साईमा मैले धेरै मित्रहरु पाए जुन मित्रहरुलाई जिन्दगीको अन्तिम कालसम्म पनि भुल्न सक्दिन । मित्रताको र्साईनो कस्तो हुदो रहेछ भन्ने कुरा अहिले आएर महशुस भएको छ । प्रवासको लामो बर्साईपछि आफ्नै व्यक्तिगत कामले गर्दा म मेरो शुन्दर देश नेपाल र्फके । धेरै लामो बिछोडको तड्पाईमा बसिरहेका आफन्त तथा परिवारहरुसँग मिलन त भयो तर प्रवासी भूमिमा साइनो गासेका साथीहरुको यादले भने सताईनैरहयो । स्थिर शरिर परिवारहरुसँगै भएता पनि मन सधै साथीहरुको बिचमा पुगेको हुन्थ्यो । साच्चैनै प्रवासको भूमिमा गाँसेको मित्रताको मायाँ आफ्नो परिवारहरुको भन्दा गाढाँ हुदो रहेछ । सधै त्यहि दिनको सम्झना मनभरी आइरह्यो । जुन दिन हामी कोठामा रमाइलो गरी बस्दथ्यौ । कहिले झगडा गर्दथ्यौ, कहिले नेपाली गीत गाएर नाच्दथ्यौ त कहिले मिठा मिठा जिन्दगीका कुराहरु गरेर दिन काट्दथ्यौ । अन्य मित्रहरु पनि हामीलाई पहिलानै छोडेर नेपाल र्फकनु भएको थियो तर कमै मात्र मित्रले प्रवासी मित्रताको नातालाई चिन्नु भएको थियो कमै मात्रमा मित्रहरुले सम्झनाका पोकाहरु दुइ शब्द पठाउनुहुन्थ्यो ।
साउदी अरबको उधेलिया भन्ने ठाउ सायद कमैलाई मात्र थाहा होला त्यहाँको बस्तुस्थिति । करिब ४५-५० वटा कम्पनीहरुका शाखा क्यामहरु खडा छन् जहाँ हजारौ नेपालीहरु कार्यरत छन् । हाम्रो कम्पनीको पनि शाखा क्याम उधेलियामानै थियो । करिब सयको हाराहारीमा नेपालीहरु थियौ । तर सधै भइरहने नेपालीहरु भने ३०-३५ जना जति मात्र । हामी कहिले चेस खेलेर समय बिताउदथ्यौ त कहिले क्यारेम्बोट । कास्की लेखनाथका रेशम थापा क्षेत्री लामो समय देखि क्यामर् इन्चार्ज हुनुहुन्थ्यो । उहाँबाट हामीले धेरै सहयोग पायौ । उहाँ क्याम्प इन्चार्ज भएता पनि हामी दाजुभाइ सरहनै थियौ । बाहिर अर्कै ब्यवहार गरेता पनि भीत्रि आत्माले भावनाको नाता जोडेको थियो । साउदी अरबको उधेलिया छोड्ने बेलामा मैले उहाँको धेरै ठुलो सहयोग र सत्भाव पाएको थिए जुन मैले जिन्दगीमा कहिल्यै भुल्न सक्दिन । सायद दाजुभाइमा पनि त्यतिको सहयोग हुदैनहोला । त्यस्त तनहुं मानपांगका एक जना गुरुङ्ग भाइ जसलाई मैले आत्मिय नाता भाइले सम्वोधन गरेको छु । हामी जातले बाहुन र गुरुङ्ग भएता पनि युवराज गुरुङ्गलाई मैले मेरै परिवारको एक जना सदस्य ठानेको छु र भविश्यसम्म पनि उनलाई भाइकै नाताले पुकार्ने छु । अर्को जुनीमा हामी एउटै आमाको काखबाट जन्मन पाउ भन्ने प्राथना गर्दछु । त्यस्तै प्रवासमा मेरो अविभावकको रुपमा एक जना दाजु प्रकट हुनुभयो । उहाँबाट मैले धेरै कुराको ज्ञान लिन पाए आज म जुन स्थानमा छु उहाँकै मार्ग निर्देशन अनी पथ पाईलाहरुको साथले छु । उहाँ सिन्धुपाल्चोकको सागर दाजु हुनुहुन्छ । उहाँ मेरो प्रवासी जिवनमा महत्वपूर्ण अभिभावको भूमिकामा प्रस्तुत हुनु भयो ।साउदी अरबमा छदा मलाई प्रवासमा छु जस्तो पनि लागेन ।
मेरो जिवनमा एउटा यस्तो मित्रको आगमन भयो उहाँको म वर्णन गर्न सक्दिन । हामी एक अर्कामा यति नजिक थियौ कि सायद प्रेमी प्रेमीका पनि त्यति नजिक हुदैनथे होला । एक अर्कामा आइपरेका दुख, बेदनाहरु साटासाट गर्दथ्यौ । हामी यति मिल्दथ्यौ कि कहिले काहिँ त हाम्रो मिलनले अरुलाई जलन पनि हुन्थ्यो र हामी बाध्यताले केहि समयकोलागि बिछोडिन बाध्य हुन्थ्यौ । केहि समय नबोले पछि एक अर्कामा छटपटी चल्दथ्यो । साच्चैनै हामीले मनका भावनाहरु एक अर्कामा साटासाट गर्दथ्यौ र पारिवारीक कुराहरु पनि भन्ने गर्दथ्यौ । उहाँको नाम लिला कुमार खवास र घर झापा सुरुङ्गा थियो । अझै पनि हामी एक आपसमा मनका भावनाहरु साटासाट गरिरहन्छौ ।
प्राय हामी एउटा रुपमा ७ जना नेपालीहरु बस्दथ्यौ भिन्दा भिन्दै ठाउँका तर हामी एउटै परिवारका सदस्यहरु झै थियौ । सायद घर परीवारम पनि त्यति मिलन हुन्थेन होला । लामो समय प्रवासमा जिवन बिताउदा पनि घर परिवारको याद त्यति आएन ।
साउदी अरबको बर्साईमा मैले धेरै आत्मिय मित्रहरु पाए र गुमाए पनि । साउदी अरबको बर्साईमा मैले पाएका मित्रहरु लिला कुमार खवास, झापा सुरुङ्गा, रेशम थापा क्षेत्री, कास्की लेखनाथ, धुव हमाल, स्याङ्गजा, पुतलीबजार, सागर श्रेष्ठ, सिन्धुपलाञ्चोक, युवराज गुरुङ्ग, तनहुँ, कुमार गुरुङ्ग पर्वत, शंकर थापा मगर, पाच्थर, सुरेन्द्र पचभैया, गुल्मी, सुमन थापा मगर, हरी नेपाली, दल बहादुर घिमीरे, मदन खाड, पाल्पा, सुरेस थापा, पदम अर्याल, बिकास मगर, चन्द्र पुन, चन्द्र गुरुङ्ग, धुव सिक्देल, चिज कुमार श्रेष्ठ, रोशन अर्याल, रबिन घिमीरे, गोपाल परिवार, र अन्य मित्रहरु जसले मलाई प्रवासमा रहदा सहयोग गर्नु भयो उहाँहरुलाई मैले कहिल्यै पनि भुल्न सक्दिन ।
प्रवासको मित्रताको नाता भनेको कत्तिको गहिरो हुदो रहेछ भन्ने कुरा मैले दुवईमा आएर पनि थाहा पाए । हामी साउदी अरबबाट इमेल र चाटिङ्गमा कुरा कानी गर्दथ्यौ । उहाँको नाम कृष्ण प्रसाद अर्याल थियो । उहाँसँग प्रत्यक्ष भेट दुवईमा आएर भयो हामी इमेलबाट चार्टिङ्गबाट धेरै कुरा गरिन्थ्यो । पहिलो पटक दर्ुवईमा भेट हुदा म ज्यादै खुशी भए । उहाँको ब्यवहार अनि बोलीले मलाई अति प्रभाव पार्žयो र उहाँको सहयोगी भावनाले त झनै मित्रताको डोरी कसियो ।
प्रवासी भूमिमा रहदा अन्य मित्रहरुसँग पनि मित्रताका र्साईनाहरु फैलाउन सफल भए जसमा नेपालमानै रहनुहुने दिदीहरु मायाँ थापा, बिरगँज, अञ्जना बैद्य काठमाण्डौ, उहाँहरुसँग प्रत्यक्ष भेट नभएतापनि नाता गहिरो जोडेका छौ । त्यस्तै गरेर स्वीटजरल्याण्डमा कार्यरत पोखराका विप्लब निशानी, लामीछाने उहाँसँग प्रत्यक्ष त भेट भएको छैन तर पनि फोनमा धेरै पटक कुराकानी भएको छ । एक आपसमा हामी यति नजिकका भएका छौ । प्रत्यक्ष भेटमा हामी एक आपसमा परिचित हुदैनौ होला तर हामी इमेल र फोनबाट धेरै नजिक छौ । हाम्रो यो मित्रताको नाता अनन्तकाल सम्म रहने छ । प्रवासको भूमिबाट जोडीएको मित्रताको नाता अति गहिरो हुदो रहेछ भुलेर पनि भुल्न नसकिने ।
haku Black
alchi ko pinda
*

Reputation : 8
Offline Offline

Gender: Male
Posts: 19445


yo Hamro nePal Yo meRo NepaL


WWW
« Reply #1 on: April 22, 2008, 10:43:09 AM »

Post of the Day for April 22, 2008

for others day post of the day visit
http://www.forum.welovenepal.com/index.php/topic,4838.0.html
ReSi
*

Reputation : 23
Offline Offline

Posts: 35400



WWW
« Reply #2 on: April 22, 2008, 11:27:26 AM »

sachinai ramro lagyo malai parbasako bhumibata jodiyeko mitrata ko naata
thankz for sharing
abdulla
*

Reputation : 6
Offline Offline

Gender: Male
Posts: 1585



« Reply #3 on: April 22, 2008, 12:26:47 PM »

yeah......Like us Baba
Kharane
Guest
« Reply #4 on: April 22, 2008, 04:42:36 PM »

Ye sYOu r Rite abdulla Bro ..
damodar1
*

Reputation : 3
Offline Offline

Posts: 230



WWW
« Reply #5 on: April 22, 2008, 05:54:04 PM »

daami chha keep it up
Kharane
Guest
« Reply #6 on: May 12, 2008, 07:34:02 PM »

Ty bro
If i got such kinna Articles somewher Ofcourse i wil keep it up :D
aNgEl
LiFe 'N' I
Globel Moderator
*

Reputation : 30
Offline Offline

Gender: Female
Posts: 22397


u smile at the world & world will smile at you.


« Reply #7 on: May 13, 2008, 04:56:26 AM »

Great keep in up
Pages: [1]   Go Up
  Print  
 
 

Host By::Love Nepal Network Powered by SMF 2.0 Beta 3 Public | SMF © 2006–2008, Simple Machines LLC Our Privacy Policy & Terms of Use