बनाउने सामाग्री
ल्याम १ केजी
प्याज ४ वटा
सुकेको खुर्सानी ६ देखि ८ वटासम्म
दही ५०० ग्राम
मरिच
इलाइची
ल्वाङ्ग
दालचिनी
रातो खुर्सानीको धुलो
अदुवा पिनेको चार चम्चा
लसुन पिनेको एक र आधा चम्चा
एक सानो चम्चा बेसार
एक सानो चम्चा जीरा पाउडर
धनीयाँ पाउडर एक सानो चम्चा
घ्यु
पकाउने तरिका
कराई तताउने र चार वा पाँच चम्चा घ्यु हाल्ने , घ्यु तातेपछि काटेको प्याजलाई रातो हुने बेलासम्म भुटने, प्याज रातो भएपछि घ्युबाट तारेर दहीमा मिसाएर साइडमा राख्ने ।
आवश्कताअनुसार फेरी कराईमा घ्यु हाल्ने, तातेपछि ल्याम भुट्ने । मासुको पानी सुकेपछि पीसेको लसुन र अदुवा हाल्ने । बिस्तारै आगो दिएर पकाउने । अब मरिच इलाइची, ल्वाङ्ग, दालचिनी, रातो खुर्सानीको धुलो, जीरा, धनीयाँ बेसारको धुलो आवश्यकता अनुसार हाल्ने र नुन हालेर तीन मिनेटसम्म पकाउने ।
अब दही र प्याजको मिक्सरलाई पकाएको मासुमा हाल्ने । मासु उम्लन थालेपछि त्यसलाई छोपेर सानो आगोमा १५ मिनेटसम्म पकाउने । यसपछि तपाईको ल्याम पसन्दा तयार हुन्छ । माथिबाट अलिकति अमिलो र धनीयाँ हालेर तातो भात, नान रोटी च्युरासँग खानु भए हुन्छ ।
रिना
लण्डन
reenarawal@yahoo.comनेपालब्रिटेन डट् कम्