[x]

We are happy to see you on WLN

welovenepal.com is a place to entertain as well to spread knowledge around. One of the most exciting Nepalese Community over Internet.

We would like you to Join WLN Forums Today.

Why to JOIN WLN forums ?


Register Now - Its FREE


Already a member then CLOSE this window and Login.

JOIN US          CLOSE

Home  l  Photo  l  Yellow Page  l  Chat  l  E-Card  l  Visit Nepal  l  About Us  l  Contact Us   जननी जन्मभूमिष्च स्वर्गादपि गरियसि
Please login or register.

Login with username, password and session length
Advanced search  

News:

Hello Guest
We are proudly nominating spinybabler as Best Contributor

Pages: [1]   Go Down

Author Topic: कोइरालाको स्वास्थ्य स्थिर बाहिर लानु नपरî  (Read 125 times)

0 Members and 1 Guest are viewing this topic.

काली

  • wln Friend
  • *
  • Reputation : 227
  • Offline Offline
  • Gender: Female
  • Posts: 50872
  • म त काली सुन्दरी ...
कोइरालाको स्वास्थ्य स्थिर बाहिर लानु नपर्ने चिकित्सकको सल्लाह

अतुल मिश्र                     
काठमाडौ, फाल्गुन २६

 - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिर रहेको र तत्काल उनलाई उपचारका लागि विदेश लानुपर्ने अवस्था नभएको चिकित्सकहरूले जनाएका छन् ।

'उनको स्वास्थ्य स्थिर छ,' डा. अर्जुन कार्कीले बुधबार साँझ कान्तिपुरसँग भने,  'हाल उनलाई उपचारका लागि बाहिर लिएर जाने कुनै आवश्यकता छैन ।'

कोइरालाको उपचारमा प्रा. डा. जगदीशप्रसाद अग्रवाल, डा. मनबहादुर के.सी. र डा. कार्की संलग्न छन् । उनीहरूले बुधबार पनि कोइरालाको स्वास्थ्य परीक्षण गरी विस्तृत जानकारी लिएका थिए ।

चिकित्सकले बाहिर जानुपर्ने आवश्यकता नभएको बताए पनि कोइराला परिवार भने विदेश लैजान तम्तयार रहेको स्रोतले जनायो । विदेश लैजाने/नलैजाने निर्णय कोइरालाकी छोरी उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइराला स्वदेश फर्केपछि गरिने स्रोतले जनायो ।

'कोइरालाले आफू उपचारका लागि विदेश जाने पक्षमा नरहेको चिकित्सकहरूलाई बताइसक्नुभएको छ,' स्रोतले भन्यो, 'उहाँ आफ्नै देशमा उपचार गर्ने मनस्थितिमा हुनुहुन्छ ।'

पाको उमेर, फोक्सोको संक्रमणलगायत कारणले स्वास्थ्य नाजुक बने पनि दृढ इच्छा शक्तिका कारण तीन वर्षयता उनले पटकपटक यस्ता जटिल परिस्थितिलाई जित्दै आएको एक चिकित्सकले जनाए ।

कोइराला करिब ४ महिनाअघि मात्र सिंगापुरस्थित ग्लेनेगल्स हस्पिटल एन्ड मेडिकल सेन्टरमा उपचार गराएर फर्केका हुन् ।

८६ वर्षे कोइरालाको फोक्सो धूमपानका कारण नराम्रो अवस्थामा रहेको चिकित्सकहरूले बताउँदै आएका छन् ।

क्रनिक अब्सट्रक्टिभ पल्मोनरी डिजज' -सीओपीडी) को जटिलताले गर्दा उनलाई हाल अक्सिजन छाड्नै नमिल्ने भएको छ । यो समस्यामा श्वासप्रश्वास बाधित हुन्छ । सीओपीडीका कारण फोक्सामा परेको असर निको पार्न सकिँदैन ।

चिकित्सकहरूले कोइरालालाई धूमपान नगर्न, बढी तरल पदार्थ सेवन गर्न र तनावमा नरहन सल्लाह दिँदै आएका थिए । चिकित्सकको परामर्शमा कोइरालाले इनहेलर, स्टेराइड, अक्सिजन थेरापी र एन्टिबायोटिक लिँदै आएका छन् । जनआन्दोलनताका दमलगायत समस्याले निकै च्यापेपछि कोइरालाले तीन वर्षयता चुरोट छाडेका छन् । एक वर्षअघि उनले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।

-ekantipur.com
Logged
२ बिस नाघेकी षोडसी बाला, फोरमको खेताला, त्यो पनि बिना ज्याला !!!

एनी

  • *
  • Reputation : 5
  • Offline Offline
  • Gender: Female
  • Posts: 506
  • We Love Nepal
    • WWW
नेपाली राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइरालाको ८६ वर्षको उमेरमा निधन भएको छ । कोइराला निवास मण्डिखाटारमा आज दिउँसो १२ बजेर ११ मिनेट जाँदा कोइरालाको निधन भएको हो ।
Logged

काली

  • wln Friend
  • *
  • Reputation : 227
  • Offline Offline
  • Gender: Female
  • Posts: 50872
  • म त काली सुन्दरी ...
गिरिजा बा मरेछन । जन्मे पछि एकदिन सप्पैजना मर्नै पर्ने रै'च, मनमा दु:ख त लाग्यो त्यै पनि संसारको रितलाई रोक्न पनि सकिदैन ।  बाचुञ्जेल तेरो मेरो गर्यो आखिर मरेर लानु केहि छैन ।

गिरिजा बा तपाईको आत्माले चिर शान्ति पाओस, हामी सबैको तर्फबाट हार्दिक श्रद्दाञ्जली टक्र्याउछु !!!
Logged
२ बिस नाघेकी षोडसी बाला, फोरमको खेताला, त्यो पनि बिना ज्याला !!!
Pages: [1]   Go Up
« previous next »
 

Host By::Love Nepal Network Powered by SMF 2.0 RC1.2 | SMF © 2006–2009, Simple Machines LLC Our Privacy Policy & Terms of Use

Page created in 10.254 seconds with 19 queries.